चितवन १ : पाण्डेले टिकट नपाउदा आ–आफूले जित्नेमा उमेदवार विश्वस्त

चितवन ।
चितवनको निर्वाचन क्षेत्र नं. १ अहिले आफ्नो पक्षमा आउने भन्दै चार दलका नेताहरुले विश्लेषण गर्दै प्रतिष्पर्धामा लागेका छन् ।
२०७९ मा भएको निर्वाचनमा नेकपा एमालेको पटक रहेको क्षेत्रमा पूर्व अर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेलाई पराजीत गरी रास्वपाका हरि ढकाल विजयी हुनु भएको थियो । कांग्रेसबाट योजना आयोगका उपाध्यक्ष डा.विश्वनाथ पौडेल उठ्नु भएको थियो । उहाँले तेस्रो स्थानको मत प्राप्त गर्नु भएको थियो ।
रास्वपाबाट विजयी हुनु भएका ढकालले राम्रो बजेट ल्याउन नसकेको, प्रभावकारी काम गर्न नसकेको भन्दै आलोचना हुन थालेकाले अव परिणाम फरक आउन सक्ने भन्दै दलहरु प्रतिष्पर्धामा लागेका छन् । यस निर्वाचन क्षेत्रमा २०६४ सालमा भएको संविधानसभा निर्वाचनमा नेकपा एमालेबाट लालमणि चौधरी निर्वाचित हुनु भएको थियो । त्यसपछिको निर्वाचनमा एमालेका नेता सुरेन्द्र पाण्डे दुइ पटक निर्वाचित हुनु भयो ।
यसै निर्वाचन क्षेत्रमा पर्ने तीन वटा स्थानीय तहमा भएको पहिलो निर्वाचनमा नेकपा एमालेका नेतालेनै प्रमुख र उपप्रमुखमा विजय हासिल हुनु भएको थियो । २०७९ को स्थानीय तहको निर्वाचनमा राप्ती नगरपालिकामा तत्कालिन नेकपा समाजवादी पार्टीले प्रमुख र उपप्रमुखमा कांग्रेस, खैरहनी नगरपालिकामा प्रमुख कांग्रेस र उपप्रमुखमा नेकपा एमाले, रत्ननगर नगरपालिकामा प्रमुख कांग्रेस र उपप्रमुख नेकपा एमाले विजयी भएका छन् । तर प्रतिनिधि सभा निर्वाचनमा भने राष्ट्रिय स्वतन्त्र पार्टीका ढकाल विजयी हुनु भयो ।
नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले टिकट पाएको भएमा अन्य उमेदवारलाई प्रतिष्पर्धा गर्न कठिन हुने अनुमान गरेका थिए । तर पाण्डेले टिकट नपाएपछि अन्य उमेदवारहरु आफूले जित्ने भन्दै उत्साहित भएका छन् । प्रतिष्पर्धा चार वटा पार्टी बिच नै हुने देखिएको छ ।
यस पटकको निर्वाचनमा आफ्नो पार्टीका उमेदवारले विजय हासिल गर्नेमा ढुक्क भएको कांग्रेसका केन्द्रीय सदस्य जीतनारायण श्रेष्ठ बताउनुहुन्छ । उहाले भन्नुभयो “पार्टीमा यस पटक कुनै समस्या छैन हामी एकतावद्ध भएका छौ, पालिकाको प्रमुख उपप्रमुख हामीले जितेका छौ । यस पटक विजय हासिल गर्न समस्या छैन ।” कांग्रेसको तर्फबाट राजेन्द्रप्रसाद वुर्लाकोटी उमेदवार हुनुहुन्छ । उहाँ यस अगाडिको दुइ वटा निर्वाचनमा एमालेका नेता सुरेन्द्र पाण्डेसंग पराजीत हुनु भएको थियो । यस पटक उहाँ फेरि उमेदवार हुनु भएको छ ।
नेकपा एमालेबाट प्रदेश कमिटी उपाध्यक्ष तथा प्रदेशका पूर्व कृषि तथा सहकारी मन्त्री दावा लामा उमेदवार हुनु भएको छ । उहाले भन्नुभयो “मन्त्री हुदा यस क्षेत्रमा धेरै राम्रका विकास निर्माणका काम गरेको छु । सङ्घीय बजेट भन्दा प्रदेश सरकारका योजना धेरै ल्याएकाले विजयी हासिल गर्न सजिलो हुनेछ ।” नेकपा एमालेका केन्द्रीय सदस्य जेएन थपलियाले निर्वाचन क्षेत्र १ एमालेको आधार क्षेत्र भएकाले हामीलाइ विजयी हासिल गर्न कुनै समस्या नभएको बताउनुभयो ।
नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट डाक्टर कृष्णराज पन्त उमेदवार हुनुहुन्छ । पार्टीको निष्ठावान नेताका रुपमा परिचित पन्तलाई यस पटक सवैभन्दा उपयुक्त समय आएको पार्टीका नेता कृष्णप्रसाद खनालले बताउनुभयो । प्रदेश संसद तथा निर्वाचन परिचालन कमिटीका संयोजक समेत रहनु भएका खनालले अन्य पार्टीमा विवाद र समस्या भएकाले यस पटक परिणाम आफ्ना पक्षमा आउने बताउनुभयो । उमेदवार पन्तले अनुभवले पुरानो उमेद्वारले नयाँ भएकाले जनताको रोजाइ आफूमा हुने बताउनुभयो ।
रास्वपाका नेता तथा उमेदवार हरि ढकालले प्रयाप्त समय नपाएको र विचैमा संसद विघटन भएको कारण धेरै विकास हुन नसकेको बताउनुभयो । यस क्षेत्रमा प्रसस्त योजना ल्याउन आफ्नो भूमिका रहेकाले अधुरा काम गर्नको लागि जनताले फेरि विजयी गराएर पठाउनेमा आफू ढुक्क भएको बताउनुभयो ।
२०७९ मा भएको प्रतिनिधि सभाको निर्वाचनमा रास्वपाका हरि ढकालले ३४ हजार २१८ ल्याएर विजयी हुनु भएको थियो । उहाँको निकटतम प्रतिष्पर्धी नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले २६ हजार ६३४ मत ल्याउनु भएको थियो । त्यस्तै नेपाली कांग्रेसका उमेदवार डा.विश्वनाथ पौडेलले २५ हजार २२ मल ल्याउनु भएको थियो । त्यस्तै गरी राप्रपाका मधुकुमार भट्टराइ २ हजार ७५१ मत ल्याउनु भएको थियो । यस पटक निर्वाचन क्षेत्र नं. १ मा राप्रपाका वलराम खनालसहित १९ जना उमेद्वारले दर्ता गराउनु भएको छ ।

शेयर गरौ

ताजा अपडेट