चितवन । नेकपा एमालेका केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य कृष्णभक्त पोखरेलले लोकतान्त्रिक शक्ति भएका पार्टीले मात्र देशको निकास दिन सक्ने बताउनु भएको छ ।
नेकपा एमाले भरतपुर महानगरपालिका वडा नम्बर १० कमिटीको बिस्तारित बैठकमा उहाले प्रजातन्त्र ल्याउन योगदान गरेको एमालेले देशको बिकास र हरेक परिवर्तनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताउनु भयो । लोकतन्त्र ल्याउन भूमिका नभएका, प्रचारबाजीको भरमा हिडेका, जनताको सुख दुखमा कुनै योगदान नदिएकाहरुले नेतृत्व गर्न नसक्ने बताउनु भयो । उहाले भन्नू भयो ” जनताको घर दैलोमा पुगेर सुख दुखमा एमालेले साथ दिएको छ । समस्या परे एमालेलाइ सम्झिन्छन । एमालेका नेतृत्वले नै समाधान गर्छन । तर कुनै काम नगरेका हल्ला मात्र गर्नेको पछि लाग्दा देशले सहि नेतृत्व पाउन सक्दैन । ”
उहाले पार्टी भित्र केही बिमती कोहि कसैलाइ भए निर्वाचन पछि बसेर छलफल गर्न सकिने भएकाले अहिले सबै सदस्यलाइ एमालेको सुर्य चिन्हमा मतदान गर्न मतदाताको घरघरमा पुगेर मत माग्न अनुरोध गर्नु भयो ।

बैठकमा एमालेको केन्द्रिय सदस्यमा निर्वाचित कृष्णभक्त पोखरेल, नेकपा एमाले चितवनले मनोनित गरेका जिल्ला कमिटी सदस्य कृष्णप्रसाद अधिकारी, शालिग्राम नेपाल, मिनराज गौतम, चितवन उधोग वाणिज्य संघका अध्यक्ष चिरञ्जीवी सुवेदी, वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओलीलाई सम्मान गरिएको थियो ।

वडा कमिटीको रिक्त रहेको उपाध्यक्ष पदमा कृष्ण रायमाझी, ६ नम्बर टोल इन्चार्ज राजकुमार अधिकारीलाई नियुक्ति गरिएको थियो । वडा कमिटी अध्यक्ष दधिराम देवकोटाको अध्यतामा भएको बैठकमा सचिव बिज्ञान पौडेलले वडाको काम र प्रगतिको विषयमा जानकारी गराउनु भएको थियो । इन्चार्ज इश्वरी ढकालले एमालेको नीति र कार्यक्रमको बारेमा बोल्नु भएको थियो । जिल्ला कमिटी सदस्य विष्णुप्रसाद अधिकारीले पार्टीको सर्कुलर पढेर सुनाउनु भएको थियो ।


