देश निर्माण गर्ने अभिभारा एमालेले मात्रै पूरा गर्छ

चितवन । चितवनको निर्वाचन क्षेत्र नं. २ नेकपा एमालेका प्रतिनिधि सभा सदस्य पदका उमेद्वार अश्मिन घिमिरे सहितको टोलीले पहाडी क्षेत्रमा आफ्नो निर्वाचन केन्द्रीत मतदाता भेटघाटलाई तिब्रता दिएको छ ।
यसै क्षेत्रबाट निर्वाचित संविधान सभा सदस्य कृष्णभक्त पोखरेल, बागमती प्रदेशका पूर्व सांसद तथा पूर्व मन्त्री विजय सुवेदी, नेकपा एमालेका पूर्व पोलिटव्यूरो सदस्य देवी ज्ञवाली सहितको टोलीले एमालेको नीति सिद्धान्त र देश निर्माणको खाकाको विषयमा जानकारी गराउनु भएको थियो ।


भेटघाट कार्यक्रममा उमेदवार घिमिरेले मतदाताले चाहेको युवा उमेदवार अहिले पाएको बताउनु भयो । उहाले अहिले युवाको काँघमा देश निर्माणको अभिभारा आएकाले पार्टीले पनि युवालाइ नै उमेदवार वनाएर जनताको घर दैलोमा पठाएको बताउनुभयो । उहाले जनताको चाहना वमोजिम एमालेका उमेदवारहरुले काम गर्ने भएकाले मतदान गर्न आग्रह गर्नुभयो ।
भेटघाट कार्यक्रममा संविधान सभा सदस्य तथा वरिष्ठ अधिवक्ता कृष्णभक्त पोखरेलले नेपालको चुचे नक्सादेखि सुरुङ मार्ग निर्माणको कल्पनाकार एमाले पार्टी नै भएकाले देश निर्माण एमाले बाहेकले गर्न नसक्ने बताउनुभयो । अहिलेको जटिल अवस्थाको निकास दिएर देशलाई सही मार्गमा लैजान एमालेको नेतृत्व आवश्यक भएको बताउनुभयो ।


पूर्व प्रदेश संसद विजय सुवेदी, देवी ज्ञवालीले वृद्धहरुलाई सम्मान स्वरुप वृद्ध भत्तादेखि आधुनिक नेपालको चित्र कोर्ने एमालेको नेतृत्व भएको बताउनुभयो । जस्तो सुकै कठिन अवस्थामा पनि एमालेले देशलाई निकास दिन सक्षम भएको बताउनुभयो । भेटघाट कार्यक्रममा मतदाताले गाउघरमा भएका समस्या, कृषि उत्पादनले उचितव बजार पाउनु पर्नेलगायतको विषयमा धारणा राख्नु भएको थियो ।
एमालेका नेता तथा जिल्ला समन्वय समितिका प्रमुख नारायणप्रसाद अधिकारी, इच्छाकामना गाउपालिकाका अध्यक्ष दानवहादुर गुरुङलगायतको उपस्थिति रहेको थियो ।

शेयर गरौ

ताजा अपडेट