बागमतीमा देवकोटा र दंगाल विजयी

हेटौँडा ।
राष्ट्रिय सभा सदस्य निर्वाचनमा बागमती प्रदेश तर्फको २ सिटमा भएको निर्वाचनमा गीता देवकोटा र डा. प्रेमप्रसाद दंगाल विजयी हुनु भएको छ । नेकपा एमाले र नेपाली कांग्रेस गठबन्धनबाट चुनाव लड्नु भएका देवकोटा र दंगालले नेकपाका उम्मेद्वारलाई पराजित गर्नुभएको हो ।
महिला क्लस्टरमा कांग्रेसका देवकोटाले ६ हजार २३९ मत सहित निर्वाचन जित्नु भएको हो । उहाँले प्रदेश सभा सदस्य तर्फ ६० र स्थानीय तहतर्फ १६१ मत प्राप्त गर्नु भएको छ । उहाँको निकटतम प्रतिद्वन्द्वी नेकपाकी सरोजकुमारी झाले २ हजार ५२२ मत प्राप्त गर्नुभयो । झाले प्रदेश सभा तर्फ २५ र स्थानीय तह तर्फ ६३ मत पाउनुभयो । सोही पदमा उम्मेद्वार बन्नु भएकी नेमकिपाकी कविता महर्जनले १९७ मत प्राप्त गर्नुभयो ।
प्रदेश सभा तर्फ कुल ८९ मतदाता मध्ये ८८ मत सदर भएको थियो भने स्थानीय तह तर्फ २२९ मत मध्ये २२६ मत सदर भएको थियो भने ३ मत बदर भएको थियो । त्यस्तै, अन्य क्लस्टरमा उम्मेद्वार बन्नु भएका डा. देवकोटा ६ हजार २०५ मत सहित निर्वाचित हुनु भएको छ । उहाँले प्रदेश सभा तर्फ ५९ मत र स्थानीय तह तर्फ १६२ मत पाउनु भएको छ ।
साथै उहाँको निकटतम प्रतिद्वन्द्वी नेकपाका प्रेमप्रसाद सापकोटाले २ हजार ५४१ मत प्राप्त गर्नुभयो । उहाँले प्रदेश सभातर्फ २५ र स्थानीय तह तर्फ ६४ मत हाँसिल गर्नु भएको हो । त्यस्तै नेमकिपाका उम्मेद्वार विक्रम ढुकुछुले १९७ मत प्राप्त गर्नु भएको हो ।
यता, आगामी फागुनमा महिला क्लस्टरबाट राष्ट्रिय सभा सदस्य रहनु भएकी नेकपा एमालेकी इन्दिरादेवी गौतम र गंगाकुमारी बेलवासेको पदावधि आगामी फागुनमा सकिँदै छ । सोही कारण बागमतीबाट महिला र अन्य क्लस्टर अन्तर्गत दुई सदस्यका लागि निर्वाचन भएको हो ।

शेयर गरौ

ताजा अपडेट