चितवनमा उमेदवार विरुद्ध परेन उजुरी

चितवन ।
मनोनयन दर्ता गर्नु भएका चितवनका कुनैपनि उमेदवार विरुद्ध उजुरी परेको छैन । मङगलबार मनोनयन दर्ता गर्नु भएका चितवनको तीन वटै निर्वाचन क्षेत्रमा उजुरी नपरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । बुधबार उमेदवारका विरुद्धमा उजुरी गर्ने समयसीमा तोकिएको थियो ।
चितवन जिल्लाको तीन वटा निर्वाचन क्षेत्रमा ६५ जना उमेद्वारले प्रतिनिधि सभा निर्वाचनमा मनोनयन दर्ता गर्नु भएको थियो । उहाँहरु विरुद्ध एउटा पनि उजुरी नपरेको मुख्य निर्वाचन अधिकृत केदारनाथ पौडेलले जानकारी दिनुभयो ।

शेयर गरौ

ताजा अपडेट