त्रिशूली नदी किनारमा गाडिएको वस आज पनि खोतल्दै

चितवन ।
त्रिशूली नदीमा गाडिएको अवस्थामा आइतबार फोला परेका वस आजपनि खोतल्दै गरिएको छ । अठार महिना अगाडि चितवनको मुग्लिन नारायणगढ सडकखण्ड अन्तर्गत सिमलतालबाट पहिरोले दुइवटा वस नदीमा खसालेर वेपत्ता बनाएको थियो । आइतबार भेटिएको वस गत वर्ष हराएको हुन सक्ने भन्दै नदी किनारमा भेटिएको वसलाई खोतल्न थालिएको हो । आइतबारबाट सुरु गरिएको खोतल्न आज पनि सुरु गरिएको हो ।
तत्काल खोजी कार्य गर्दा फेला नपरेपछि खोज्ने कार्य रोकिएको थियो । आइतबार विहान वस गाडिएको अवस्थामा माछा मार्ने क्रममा स्थानीय रोशन भुजेलले देखेपछि प्रहरीलाई खवर गर्नु भएको थियो । खबर पाएपछि आइतबार दिनभरी प्रहरीले गाडिएको वसलाई खोतलेर हराएको सवारी साधन हो होइन यकिन गर्न लागेको छ । चितवनको मुग्लिन नारायाणगढ सडक खण्डको सिमलतालबाट त्रिशुली नदीमा खसेर हराएको दुई बस मध्य एउटा फेला परेको छ ।
नदीमा खसेको अठार महिनापछि आज दुई वटा मध्य एउटा बस नदी किनारमा गाडिएको अबस्थामा फेला परेको हो । फेला परेको एउटा बसको अगाडीको ड्राइभर तर्फको चक्काको डिस्ट र केही टिनको भाग फेला परेको छ । माछा मार्ने क्रममा स्थानीय रोशन भुजेलले देखेपछि प्रहरीलाइ खबर गर्नु भएको थियो ।
चितवन प्रहरीका प्रवक्ता रवीन्द्र खनालले गाडिएको अबस्थामा फेला परेको बस गत वर्ष पहिरोले बगाएको हो होइन भन्ने विषयमा अनुसन्धान भैराखेको बताउनुभयो । उहाले भन्नुभयो “खबर पाएपछि चितनव प्रहरी, तनहुँ प्रहरी , कुरिनटारमा रहेको विपद् प्रहरी लगायतले खोजी गर्दैछ । केही अवशेष फेला परेको छ । त्यही वस हो होइन यकिन भएको छैन ।”
दुर्घटना भएको स्थलबाट करिब ३ सय मिटर तल बसको केही भाग नदी किनारको बालुवामा गाडिएको अबस्थामा फेला परेको थियो । बसको अवशेष खोतल्न तीस जना भन्दा धेरै प्रहरी लागेका छन् । वसको चक्का रहने डिस्क, अगाडिको भाग देखिएको छ । अन्य पाटपुर्जापनि फोला परेको छ । वसको नाम तथा नम्बर फेला पर्न सकेको छैन । दुर्घटनामा वेपत्ता भएकाले आफे विधि पूर्वक काजक्रिया गरिसकेको छ र घटना पुरानो भएकाले फाइल वन्द गरिएको थियो । अहिले वसको अवशेष फेला परेपछि पुन फाइल खोलेर सो वमोजिमको घटनाको यकिन गर्न लागिएको चितवन प्रहरी प्रवक्ता खनालले बताउनुभयो ।
२०८१ असार २८ गते भरतपुर महानगरपालिका–२९, सिमलतालमा बिहान ३ बजे पहिरोले बगाउँदा त्रिशूलीमा खसेर २ वटा यात्रुबाहक बस खसेर बेपत्ता भएको थियो । वीरगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स बस र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स बसलाई लेदो सहितको पहिरोले बगाएर त्रिशूली नदीमा सोहोरेको थियो ।
६५ जना रहेको दुई वटा बसमा तीन जना घाइते अबस्थामा फेला परेका थिए । ११ जनाको मृत्यु भएको शब फेला परेको थियो भने ५१ जना बेपत्ता भएका थिए । बस खोज्न भारतबाट समेत गोताखोर आएका थिए । वसको कुनैपनि अंश फेला नपरेपछि खोजी कार्य वन्द गरिएको थियो । अहिले फेला परेको स्थान तनहुँ जिल्ला आबुखैरेनी गाउापालिका वडा नं. ५ द्वोन्रद्राङ बेसी हो ।

शेयर गरौ

ताजा अपडेट