देउवालाई सुनिल शर्माको आग्रह स् बन्द सत्रको उद्घाटन गर्न आउनुस्

 

काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं विघटित प्रतिनिधिसभा सदस्य सुनिल शर्माले विशेष महाधिवेशनको बन्द सत्र उद्घाटन गर्न सभापति शेरबहादुर देउवालाई आग्रह गरेका छन् ।

भृकुटीमण्डपमा आयोजित महाधिवेशनलाई सम्बोधन गर्दै शर्माले भने, ‘शेरबहादुर दाइ, तपाईँ इतिहास बोकेको नेता हुनुहुन्छ । उमेरले ८० पार गर्नुभएको छ । अब माथिबाट बोलाइराखेको बेलामा, हिजो जसले तपाईँलाई सभापति बनायो, उनीहरूको रोइलो छोडेर भोलि बिहान हल उद्घाटन गर्न आउनुस् । हामी विकल्प दिन्छौँ।’

साथै, उनले विशेष महाधिवेशनको विपक्षमा रहेका केन्द्रीय सदस्यहरूलाई भीडले गिज्याएको टिप्पणी गरेका छन्। ‘हेर्नुस्, यो मासुम अनुहारले तपाईँहरूलाई गिज्याइरहेको छ कि छैन रु हामी झगडामा विश्वास गर्दैनौँ । हाम्रो क्यारेक्टर, फ्याक्टर, सिद्धान्त र विचार मध्यमार्गी बाटो हो,’ उनले भने।

शर्माले पार्टीमा ५४ प्रतिशत हस्ताक्षरलाई समेत सामान्य छलफल गर्न नसक्नु विडम्बना भएको बताए । ‘नेपाली जनताले दुई छाक भात खान पाउन, उपचार र शिक्षा पाउन अग्रजहरूले लडे । तर हाम्रो पार्टीले न्यूनतम लोकतान्त्रिक मान्यतालाई समेत लत्याएर, ५४ प्रतिशत हस्ताक्षरलाई सामान्य हलमा छलफल गर्न आँट गर्न सकेन । भन्नुस् त, यो विडम्बना होइन रु’ उनले प्रश्न गरे।

शेयर गरौ

ताजा अपडेट