चितवन । मस्तिष्कघातबाट विरामी भएर उपचाररत स्कुल अफ हेल्थ साइन्स भरतपुरका प्रशिक्षक प्रभुनारायण साहलाई ३० हजार नगद आर्थिक सहयोग गरिएको छ ।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् कर्मचारी संगठनले स्थापना गरेको अक्षय कोषबाट संगठनमा आवद्ध कर्मचारीलाई सहयोग गरेको हो । संगठनमा आवद्ध भएका प्रशिक्षक तथा कर्मचारीलाई स्वास्थ्य तथा अन्य समस्यामा परेको समयमा सहयोग प्रदान गर्दै आएको छ । स्कुल अफ हेल्थ साइन्सको रेडियोग्राफी प्रशिक्षक साहलाई कर्मचारी संगठन हेल्थ साइन्स इकाइ अध्यक्ष संजय साह मार्फत संगठनका केन्द्रीय उपाध्यक्ष निरज भट्टले सहयोग गर्नु भएको हो ।
भट्टले दिनु भएको आर्थिक सहयोग रकम इकाइ अध्यक्ष साहले विरामी प्रभुनारायण साहलाई नगद प्रदान गर्नु भएको हो ।


