केन्द्रीय सदस्य खुलामा चितवनका कृष्णभक्त परे टप थ्रीमा

 

चितवन, ३ पुस । नेकपा (एमाले)को ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको मतदानमा केन्द्रीय सदस्यमा खुलातर्फ चितवनका कृष्णभक्त पोखरेलले पनि लोकप्रिय मत प्राप्त गरेर निर्वाचित भएका छन् । पोखरेल खुला सदस्यमा सर्वाधिक मत प्राप्त गर्ने तीन जनामा परेका छन् ।

केन्द्रीय सदस्यमा खुलातर्फ पहिलो नम्बरमा प्रदीप ज्ञवालीले १९४२ मत, सुहाङ्ग नेम्बाङ्गले १७२१ मत र कृष्णभक्त पोखरेलले १६९८ मत प्राप्त गरेर लोकप्रिय मतकासाथ बिजयी भएका हुन् । पोखरेल संविधानसभा सदस्य, पूर्व सभासद् एवम् बरिष्ठ अधिवक्तासमेत हुन् ।

नेपालको संविधान २०७२को मस्यौदा, संविधानअनुसार नयाँ कानुन निर्माण र पार्टीको कानुनी क्षेत्रमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका पोखरेलले पार्टीको संसदीय फाँटका नेता एवम् कार्यकर्तालाई कानुनका विषयमा अभिमुखीकरण पनि गर्दै आएका छन् । त्यसकारण पनि उनी देशभरका नेता, कार्यकर्ताबीच परिचित छन् । तार्किक एवम् शालिन स्वभावका पोखरेल चितवन–२ बाट दुई पटक लोकप्रिय मतका साथ निर्वाचित भएका थिए । एमाले चितवनका पूर्व अध्यक्ष कृष्णभक्त पोखरेल यसअघि पनि एमालेको केन्द्रीय सदस्य थिए ।

शेयर गरौ

ताजा अपडेट