काठमाण्डौ ।
नेकपा(एमाले) को जारी महाधिवेशनमा सर्वाधिक चासोका रुपमा महासचिव पदको प्रतिस्पर्धालाई हेरिएको छ ।
अध्यक्षका उमेदवार केपी ओली समुहबाट शंकर पोखरेल र ईश्वर पोखरेलको समुहबाट सुरेन्द्र पाण्डे महासचिवका उमेदवार छन् ।
महासचिवमा पाण्डेको पल्ला भारी हुनसक्ने चर्चा चुलिएको छ ।
उज्यालो नेटवर्कका पत्रकार मिलन तिमिल्सिना सामाजिक सञ्जालमा लेख्छन् –
“एमालेको मुख्य पदमा दुवैतिरको मिसमास भएर यस्तो आउन सक्छ नतिजा :
अध्यक्ष : ओली
उपाध्यक्ष : विष्णु, गोकर्ण, बिन्दा, पृथ्वीसुब्बा, गुरु
महासचिव : सुरेन्द्र
उपमहासचिव : योगेश, विष्णु, लेखराज
सचिव : गोकुल, ठाकुर, पद्मा, भानुभक्त, छविलाल, महेश, शेरधन, रचना र राजन
(नोट : यसअघि एनपीएलमा गरेको अनुमान ५० प्रतिशत मिलेको थियो)”
ओली समुहबाट महासचिवमा उमेदवार बन्ने चाहाना राखेका प्रदीप ज्ञवालीलाई समुहबाट टिकट उपलब्ध नभएपछी असन्तुष्ट प्रतिनीधिहरुको मत पनि पाण्डेलाई जानसक्ने अनुमान गरिएको छ ।
सामाजिक सञ्जालमा सक्रिय रेल्वे विभागका पूर्व महानिर्देशक एमालेका नेता गुरु भट्टराई लेख्छन्-
“राजनीति निर्मम हुन्छ तर यो जनआकांक्षा विपरित कुदाउन खोजे सही परिणाम आउँदैन । कमरेड Pradeep Gyawali लाइ न्याय नभएको भनेर देशभरका कार्यकर्ता भन्दैछन् । भूगोल पढ्न नसक्ने नै भएका हुन् नेताहरु ? कोटरीवालाहरुलाइ पदेन मान्नु पर्ने हो? यो कदापी सम्भव छैन ।”
राष्ट्रिय अखवार अन्नपूर्ण पोष्टले १३ लाख जना फलोअर्स रहेको आफ्नो अफिसियल पेजमा “एमाले राष्ट्रिय महाधिवेशन : २२६३ प्रतिनिधिले कसलाई बनाउँलान् महासचिव ?” शिर्षकमा सर्वधारणको धारणा बुझेको छ । एक हजार चार सय जनाले गरेको कमेण्टमा (मंगलवार राती १० बजेसम्म) अधिकांशले महासचिवमा पाण्डेको पक्षमा कमेण्ट गरेको पाईएको छ ।
महाधिवेशन स्थल बाहिर मंगलबार दिनभर दुवै समुहले प्रचार प्रसार गरे ।
प्राबिधिक तयारी बाँकि रहेको भन्दै राती मतदान शुरु हुन सकेन । बुधबार बिहान ८ बजेबाट मतदान शुरु गर्ने एमालेले जनाएको छ ।


