निर्वाचनपछि सरकारको नेतृत्व पुराना दलकै : ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनपछि पुराना राजनीतिक दलले नै सरकारको नेतृत्व गर्ने बताउनुभ भएको छ । च्यासलस्थित पार्टी कार्यालयमा शनिबार एमालेको मुखपत्र नवयुग ई बुलेटिन शुभारम्भ समारोहमा पुराना राजनीतिक दलहरू सकिए वा सकिन्छन् भन्ने सोच्नु गलत भएको बताउनु भयो ।
उहाले आसन्न ११औँ राष्ट्रिय महाधिवेशनले एमालेविरुद्धको घेराबन्दी तोड्ने र पार्टीलाई नयाँ उचाइमा पुर्‍याउने दाबी गर्नु भयो ।

ओलीले महाधिवेशनलाई लोकतन्त्रको सफलतासँग जोड्दै त्यसलाई भव्य र सफल बनाउन सबैले जिम्मेवारीपूर्वक लाग्न आग्रह गर्नुभयो। यो महाधिवेशनको सफलता लोकतन्त्रको सफलता हो । त्यसैले यसलाई सफल बनाउनु पर्दछ ।

कार्यक्रममा एमाले महासचिव शंकर पोखरेलले मुलुकलाई वर्तमान जटिल अवस्थाबाट निकाल्न सक्षम नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै एमालेलाई त्यस्तो नेतृत्वको केन्द्रका रूपमा प्रस्तुत गर्नुभयो । उहाले पार्टीभित्र प्रतिस्पर्धाभन्दा एकताको खाँचो बढी रहेको बताउनुभयो । महाधिवेशन प्रचार समितिका संयोजक पद्मा अर्यालले महाधिवेशन र पार्टीका गतिविधि प्रभावकारी रूपमा प्रचार गर्न नवयुग ई(बुलेटिन सुरु गरिएको बताउनुभयो । उहाका अनुसार हरेक दिन बेलुका ७ बजे महाधिवेशनसम्बन्धी सामग्री ई(बुलेटिनमार्फत प्रकाशित हुनेछ।

शेयर गरौ

ताजा अपडेट