चितवन ।
नारायणी नदी किनारमा सोमबार अपरान्न धुुमधामको साथ अस्ताउँदो सूर्यलाई अघ्र्य दिएर सुर्यको पुजा गरिएको छ । मिथिला क्षेत्रका बासिन्दाको मुख्य पर्वको रुपमा मानिएको छठ चितवनमा भने सवै वर्ग र समूदायलाई समेटिएको छ । तराई सामुदायिक सेवा समितिले आयोजना गरेको छठ विशेष कार्यक्रममा गत वर्षमा भन्दा बढीको सहभागीता भएको समितिका बरिष्ठ सल्लाकार राजकुमार कानुले बताउनुभयो ।
अपरान्नदेखि बादल लागेका कारण सूर्य अस्तको दृस्य भने देख्न सकिएन । मात्र समयको अन्दाज गरेर अघ्र्य चढाइयो । मेलामा भक्तजनहरु र दर्शकहरुको भीड लागेका कारण नदी किनारमा सवारी साधन लैजान रोक लगाएर मेला व्यवस्थित गरिएको थियो ।


