चितवन ।
जोखिम कम गर्न राति रोकिएका सवारी साधनलाई विहान ६ बजेबाट गन्तव्य तर्फ पठाइएको छ ।
जिल्ला प्रशासन कार्यालयले राजधानी काठमाडौं, पोखरा जान तथा आउन राति ९ बजेपछि चितवनको सडक बन्द गरिएको थियो । मुग्लिन नारायणगढ र मुग्लिन देखि काठमाडौंको सडक रातिमा यात्रा गर्न जोखिम भएको भन्दै चितवनको सडकमा होल्ड गरिएको थियो ।
राति होल्ड गरिएको सवारी साधन आज विहान ६ बजेबाट गन्तव्य तर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख गोविन्द पुरीले जानकारी दिनुभयो । नारायणगढबाट पोखरा र काठमाडौं जाने सवारी साधन नारायणगढको आपटारीमा रातभर रोकिएको थियो । पोखरा तथा काठमाडौंबाट तराइ आएका सवारी साधन चितवनको सिमाना मुग्लिन लगायतको स्थानमा राति रोकिएको थियो । पूर्व पश्चिम राजमार्ग भने यथावत सञ्चालन भएको छ ।


