मूल्य र अवस्था
मूल्य नचिन्नेहरू नै मूल्यकै धाक देखाउँछन्,
खोल्टिमा करोड राख्नेहरू लाखको साख देखाउँछन्।
इमानको कदर अब पत्रमै सिमित भएको छ,
बोल्नेहरू धर्मको नाममा व्यापार साँच देखाउँछन्।
जसलाई अभावले पोल्छ, ऊ नै काख मेटाउँछ,
सपना बेचेर जिन्दगीमा आँसुको पाथ देखाउँछन्।
समाजलाई गिराउनु थियो र त जिस्काइरहे,
स्वार्थको खोल ओढेर नै साँचोको मात देखाउँछन्।
मदिरा पिएर मात्रै पीडाको कुरा आउँछ,
बोल्दैन मन कहिल्यै, मातिएपछि घात देखाउँछन्।
खुसीको पनि मूल्य घट्दैछ दिन-दिनै यहाँ,
नाटक गरिरहनेहरू नै आँसुको पाठ देखाउँछन्।
साँचो प्रेम खोज्दा अब हाँसोहरू हराउँछन्,
नक्कली मुस्कान भित्र घृणाका साँघुरो काख देखाउछन ।
#कालिगेडी


