महान् फुटबलर पेलेको ८२ वर्षको उमेरमा निधन

 

लन्डन १५ पुस । महान् फुटबलर पेलेको ८२ बर्षको उमेरमा निधन भएको छ । क्यान्सर रोगसँग एक वर्ष लामो संघर्षपछि बिहीबार उनको मृत्यु भएको उनकी छोरीले इन्स्टाग्राममार्फत् पुष्टि गरेकी छिन् ।

पेलेलाई गत नोभेम्बर २९ मा श्वासप्रश्वासको संक्रमण भएको थियो । पछि आन्द्रामा क्यान्सर भएको पत्ता लागेको थियो ।

पेलेको पूरा नाम एडसन आरेनटेस दो नासिमेन्टो हो । इतिहासमा उनी सबैभन्दा प्रसिद्ध र लोकप्रिय फुटबल खेलाडीहरू मध्ये एक मानिन्छ। पेलेले चारवटा बिश्व खेलेका थिए भने तीन खेल जितेका थिए । उनले १९५८ ,१९६२ र १९७० मा सहभागी भइ १४ खेलमा १२ गोल गरेका थिए ।

उनले आफ्नो व्यावसायिक खेल जीवनमा १ हजार ३ सय ६३ खेलहरूमा १ हजार २ सय ८१ गोलहरू पनि गरेका थिए ।

शेयर गरौ

ताजा अपडेट