काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा निर्वाचित भएका छन् । आज भएको संसदीय दलको नेताकाे निर्वाचनमा सभापति देउवा भारी मतान्तरका साथ पार्टीको संसदीय दलको नेतामा निर्वाचित भएका हुन्।
देउवाले ६४ मत पाउँदा गगन थापाले २५ मत पाए । थापा ३९ मतान्तरले पराजित भए । निर्वाचनमा सबै ८९ जना सांसदहरुले मतदान गरेका थिए ।


