चितवनको भरतपुरमा बिहे भोज खाएका दुइसय जना विरामी

चितवन, २६ मङ्सिर । चितवनको भरतपुरमा बिहे भोज खाएका दुइसय भन्दा धेरै बिरामी भएका छन् ।
नवलपुरको गैडाकोटबाट भरतपुर जन्ती गएकाहरुले भरतपुरमा रहेको चितवन गार्डेन रिसोर्टमा शुक्रबार बिहे भोज खाएपछि बिरामी परेका हुन् । भोज खाएपछि केटा र केटीपक्ष दुवैतर्फ बिरामी भएको दुलहीका दाई विशाल अधिकारीले जानकारी दिनुभयो ।
गैडाकोँट वडा नम्बर १ बाट गणेश ढकालको बिहेमा आफन्त र साथीभाई जन्ती गएका थिए । दुलही सरिष्मा अधिकारीको घर हाकिमचोक भएपनि रिसोर्टबाट विहे भएको थियो । भोज खाएकाहरुलाई ज्वरो आउने, पेट दुख्ने,पखला लाग्ने समस्या भएपछि अस्पताल भर्ना हुनुभएका सविन लम्सालले बताउनुभयो ।
विहे भोजमा करिब पाँचसय जनाले खाना खाएको लम्सालले जानकारी दिनुभयो । भोज खाएका सबै जना बिरामी भएको र त्यसमध्ये ३० जना नेशनल सिटी अस्पतालमा भर्ना भएको उहाँले बताउनुभयो । विरामीको अहिले उपचार भइराखेको छ ।

 

शेयर गरौ

ताजा अपडेट