चितवन, ४ मङ्सिर । नेकपा एमालेका उपाध्यक्ष तथा चितवनको निर्वाचन क्षेत्र नं. १ का उमेदवार सुरेन्द्र पाण्डेले विहान ७ बजेर १० मिनेटमा मतदान गर्नु भएको छ ।
राप्ती नगरपालिकाको भण्डारा अस्पताल केन्द्रमा उहाले मतदान गर्नु भएको हो । २०७० र २०७४ सालमा भएको निर्वाचनमा विजयी उपाध्यक्ष पाण्डे अहिले यसै क्षेत्रबाट उमदवार हुनुहुन्छ । विहानदेखिनै मतदान स्थलमा मतदाताको ठुलो उपस्थिति रहेको छ ।
एकसय ६२ मतदान स्थल रहेको चितवनमा चारसय ६० केन्द्र तोकिएको छ । प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा एक लाख एक लाख ३९ हजार आठ सय ४५ मतदान रहेका छन् । क्षेत्र नम्बर १ मा एक लाख २४ हजार दुई सय १४ र ३ मा एक लाख ४४ हजार दुई सय ८३ जना रहेका छन् ।


