चितवन, २३ असोज । चितवनको निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा (एमाले) का कृष्णभक्त पोखरेलले प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवारी दर्ता गर्नुभएको छ ।
कानुन न्याय तथा मानवअधिकार समितिको सभापतिको जिम्मेवारी समेत सम्हालिसक्नु भएका नेता पोखरेलले यो समेत गरेर तेस्रो कार्यकालको लागि उम्मेदवारी दर्ता गर्नुभएको हो । उहाँसँगै प्रदेशसभा सदस्यमा २ को १ मा कृष्ण सिलवाल २ को २ मा देवी ज्ञवालीले उम्मेद्बारी दर्ता गराउनुभयो ।
दर्तापछि नेता पोखरेलले आफू यस पटक कम्तीमा १० हजार मतको अन्तरले विजयी हुने बताउनुभयो । जीतको लागि आफूले निर्वाचन क्षेत्रमा गरेको विकास निर्माणको काम, कानुन निर्माण , एमालेले लिएको एजेण्डानै महत्वपूर्ण भएको बताउनुभयो । यस क्षेत्रमा खाइ खेलेको र हुर्केको स्थानीयले मात्रै यहाँको समस्या वुझ्ने भएकाले यहाँका जनताले आफूलाई नै विजयी गराउने उहाले बताउनुभयो ।


