जेरूसेलम, १ भदौ (रासस,एएफपी)
इजरायलले टर्कीसँग पूर्ण कूटनीतिक सम्बन्ध पुनःस्थापना गर्ने बताएको छ ।
भूमध्यसागरीय मुलुकहरूबीच वर्षौंदेखि जारी तनावपूर्ण सम्बन्धपछि इजरायलका प्रधानमन्त्री याइर लापिडको कार्यालयले टर्कीसँग पूर्ण कूटनीतिक सम्बन्ध पुनःस्थापना गर्ने बताएको हो ।
“दुई देशबीचको सम्बन्धलाई पूर्ण कूटनीतिक सम्बन्धको स्तरमा पु¥याउने र दुई देशका राजदूत तथा महावाणिज्यदूतलाई फिर्ता गर्ने निर्णय भएको छ,” प्रधानमन्त्री लापिडद्वारा हस्ताक्षरित बुधबार जारी विज्ञप्तिमा उल्लेख छ ।


