चितवन ६ असार । नेपाल आयल निगमले इन्धनको मूल्यमा भारी वृद्धि गरेपछि वायुसेवा कम्पनीहरुले हवाई भाडा वृद्धि गरेका छन् । असार ८ देखि लागू हुने गरि आन्तरिकतर्फको हवाइ भाडा बढेको हो।
नयाँ मूल्य अनुसार भरतपुर काठमाण्डौको भाडा ४ हजार ९३५ पुगेको छ । सवैभन्दा बढी काठमाडौँ–धनगढी रुटमा ८४० रुपैयाँले भाडा बढ्नेछ । सो रुटका लागि अब हवाई सेवा प्रदायकले एक व्यक्तिबाट अधिकतम १६ हजार ८०५ रुपैयाँसम्म लिन पाउने छन् ।
यस्तै, सबैभन्दा कम काठमाडौँ–सिमरा ७० रुपैयाँले बढेको भाडा अनुसार अधिकतम ४ हजार १९५ रुपैयाँ तोकिएको छ । आइतबार नेपाल आयाल निगमले पेट्रोलियम पदार्थ पेट्रोल, डिजेल र मट्टितेलसँगै हवाई इन्धनको मूल्य समेत प्रतिलिटर १९ रुपैयाँले बढाएको थियो । यस लगत्तै वायु सेवा सञ्चालक संघले पनि हवाई भाडा वृद्धि गरेका हुन् ।
काठमाडौंदेखि पोखराको पाँच सयले बढेर अधिकतम ७ हजार नजिक पुगेको छ। जनकपुर रुटको ५ हजार ७९५ पुगेको छ।


