केशव पौडेल
चितवन ३ माघ । राज्यको पहुचबाट टाढा रहेका वर्गको लागि तराइ मधेस समृद्धि कार्यक्रम अन्र्तगत चितवनमा करोडौको भौतिक संरचनाहरु बन्न लागेको छ ।
मुसहर, दराइ, थारु जातिको उत्थानको लागि घर तथा सास्कृतिक संरचना बन्न लागेको हो । मुसहरको लागि घर, दराइको लागि होमस्टे, मगरको लागि सामुदायिक भवन, थारुको लागि कल्याणकारी सभामा लगानी गरिएको छ । समृद्धि कार्यक्रम अन्तर्गत मुसहरलाई पूर्वी चितवनको कठार मावि नजिकै २५ वटा घर बन्दैछ ।
ति घर निर्माणमा केन्द्रीय बजेट र खैरहनी नगरपालिका गरी ६० लाखको लागतमा घर निर्माण भइराखेको पूर्व अर्थ मन्त्री तथा निर्वाचन क्षेत्र नं. १ का संसद सुरेन्द्र पाण्डेले जानकारी दिनु भयो । आवास बनेपछि आउदो जाडोमा आफ्नै घरमा मुसहर बस्न पाउने पाण्डेले बताउनु भयो ।
तराइ मधेस समृद्धि कार्यक्रमबाट निर्माण हुन लागेको संरचनाको बारेमा उहाले आज कार्यप्रगतिको विषयमा जानकारी लिनु भएको थियो । खैरहनी नगरपालिकामा भएको वैठकमा उहाले छिटो निर्माण सम्पन्न गर्नको लागि सम्वन्धीत निकायलाई निर्देशन दिनु भयो । खैरहनी, राप्ती र रत्ननगर नगरपालिकामा ती समुदायको विभिन्न भौतिक संरचना निर्माण हुदैछ ।
नेता पाण्डेका अनुसार घेक्रेमा दराइ होमस्टेका लागि २५ लाख, चैनपुरको मगर आमा समुहको भवन निर्माणमा २५ लाख, लखन थापा स्मृति भवनमा २५ लाख, थारु कल्याणकारीणी सभाको लागि २५ लाख, राप्तीमा ३८ लाख लगायतको संरचनामा बजेट छुट्टाइएको उहाले जानकारी दिनु भयो ।


