इच्छाकामना–१ वडाध्यक्षमा गठबन्धनबाट माओवादी केन्द्रका राना विजयी

चितवन ३१ वैशाख । चितवनमा पाँच दलीय गठबन्धनले विजय सुरुवात गरेको छ । जिल्लाको एक मात्र गाउँपालिका इच्छाकामना–१ को वडाध्यक्षमा गठबन्धनबाट उमेदवारी दिएका माओवादी केन्द्रका सन्तबहादुर राना विजयी भएका छन् । राना १० मतान्तरले विजयी भएका हुन् । उनले ६३९ मत ल्याएर विजयी भएका हुन् । उनका निकटम प्रतिद्वन्द्वी एमालेका नन्दुलाल गिरीले ६२९ मत ल्याएका हुन् ।

इच्छाकामना–१ मा एक हजार ३२६ मत खसेको थियो । वडाको एक हजार ३२६ मत गणना गरेर सकिँदा गाउँपालिकाको अध्यक्षको उमेदवार एमालेका दानबहादुर गुरुङले ६२३ र कांग्रेसकी गीताकुमारी गुरुङले ५८३ मत ल्याएकी थिइन् । उपाध्यक्षका उमेदवार एमालेकी माया सिलवालले ६३० र माओवादी केन्द्रका प्रताप गुरुङले ५९८ मत प्राप्त गरेका थिए ।

शेयर गरौ

ताजा अपडेट