वडा अध्यक्षका उमेदवार गौतमलाइ “नब्बे वर्षिय आमाको आशीर्वाद जीतेर आउनु “

 

चितवन १६ वैशाख । भरतपुर १० एमालेका वडा अध्यक्ष का उमेदवार भक्ती गौतमलाइ ९० वर्षिय वृद्ध आमाले जीतको शुभकामना दिनु भएको छ ।
नेकपा एमाले वडा कमिटीले आयोजना गरेको आजको गरेको घरदैलो कार्यक्रमको सुरुवातमा ९० वर्षिय देउती कुमारी ठकुरीले विजयीको लाई आशिर्वाद दिनु भएको हो । भुपु सैनिक टोलमा भेला भएका घर दैलो टोलीलाइ वडाको विकास गर्न सक्ने सक्षम नेतालाइ उमेदवार बनाएको भन्दै खुसी व्यक्त गर्नु भयो ।
घरदैलो कार्यक्रममा महानगर कमिटी सदस्य मिनराज गौतम, वडा कमिटी अध्यक्ष नहेन्द्र खडका, सचिव बद्री खनाललगायत नेता तथा कार्यकर्ताको सहभागीता रहेको छ ।

शेयर गरौ

ताजा अपडेट