नयाँ र इनोभेटिभ काम गर्न मैले अध्यक्षमा दोहोर्याउन खोजेको हुँ : पन्त

बाल्टिमोर । बाल्टिमोर एशोशिएशन अफ नेप्लिज इन अमेरिका (बाना) को नयाँ नेतृत्वका सुवोध विलास पन्तले अध्यक्ष पदका लागि उम्मेदवारी दिनु भएको छ ।
हरेक नेपालीको दुःख सुखमा साथ दिनुहुने पन्तले कारोनाको बेला घर घरमा गएर माक्स सेनिटाइजरलगायत आवश्यकता अनुसारको सहयोग गर्नु भएको थियो । महामारीका बेला अमेरिकामा बस्दै आएका नेपालीलाई ठूलो गुण लगाउनु भएको पन्तलाई दोस्रो कार्यकालमा पनि उम्मेदवारी दिन गरिएको आग्रहअनुसार उहाँ चुनावी मैदानमा होमिनु भएको हो ।
सामाजिक व्यक्तित्वको रुपमा स्थापित बनिसक्नु भएका पन्तले अध्यक्षमा आफूले दोहोरोउने अवसरमा पाएका बानालाई समृद्ध बनाउन नयाँ र इनोभेटिभ काम गर्ने बताउनु भयो ।
रोजगारी नभएकालाई रोजगारी खोजिदिनेदेखि नेपालीको मुद्दालाई आफ्नो ठानेर दिनरात नभनी सामाजिक कार्यमा समर्पित भएको उहाँको विगत हो ।
आज नै (अप्रिल ३ तारिक) आइतवार निर्वाचन हुदैँछ ।

बिहान आठ बजे देखि साँझ पाँच बजे सम्म हुने करिब २३ सय जनाको मतदानले विगत ६ महिना तयारी गरिएको छ ।
‘कोभिडका कारण मैले शुरु गरेका काम पु्रा हुन सकेन,’ उहाँले भन्नु भयो ‘समावेसी टिम बनाएर बानामा सबैलाई समेट्ने मेरो इच्छा छ ।’
अब नेतृत्व हाक्नका लागि पन्त र अर्का उम्मेदवार हिरा गुरुङ प्यानल सहित चुनावी मैदानमा उत्रिएका छन् ।

शेयर गरौ

ताजा अपडेट