चितवन समाचार डटकम, ५ चैत ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले) का स्थायी कमिटी सदस्य भानुभक्त ढकालले आगामी स्थानीय निर्वाचनमा आफ्नो पार्टीले अघिल्लो पटक भन्दा राम्रो नतिजा हासिल गर्ने दाबी गर्नुभएको छ ।
प्रेस चाैतारी नेपाल चितवनले आज भरतपुरमा आयाेजना गरेको पत्रकार सम्मेलनमा बाेल्दै नेता ढकालले एमालेकाे संगठन अझ बलियाे र जनआकर्षण थप बढेको उल्लेख गर्नुभयो । “जनतामा एमाले प्रति आकर्षण र भराेषा थप बढेको छ, समृद्धि र स्थायित्वकाे लागि जनताले एमाले नै राेज्ने अवस्था छ”- ढकालले भन्नुभयो । एमाले अहिले चुनावी घाेषणा पत्र निर्माणकाे क्रममा रहेको उहाँले जानकारी दिनुभयो । अबको निर्वाचन पछि देशको राजनीतिमा स्पष्ट दुईवटा शक्ति कायम रहने त्यसमा एउटाको नेतृत्व एमाले र अर्कोकाे नेतृत्व काङ्ग्रेसले गर्ने नेता ढकालकाे भनाई छ ।
बर्तमान सरकारमा रहेका गठबन्धन दलहरु तालमेल गरेपनि एमालेलाई कुनै फरक नपर्ने उहाँले स्पष्ट पार्नुभयाे ।
माओवादीकेन्द्रसंग तालमेल हुन सक्छ कि सक्दैन ? भनि पत्रकारले राखेको प्रश्नमा उहाँले बामपंथी एकताका नाममा यसअघि जुन उत्साहका साथ तालमेल र एकता भयाे त्यो स्तरकाे उत्साहकाे अवस्था अहिले नरहेको बताउनुभयो । कांग्रेस संग बार्गेनिङ गर्न माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमाले संग तालमेल हुन सक्ने अभिव्यक्ति दिएको नेता ढकालकाे ठम्याइ छ ।
पार्टीगत रुपमा माओवादी संग छलफल हुन सक्ने भएपनि माधव नेपाल नेतृत्वको समाजवादी संग भने पार्टीगत डिलिङ नहुने उहाँले स्पष्ट पार्नुभयाे ।
निर्वाचन आयाेगले वहालवाला जनप्रतिनिधिले राजिनामा दियर मात्रै उमेदवार बन्न पाउने प्रावधान अघि सारेकोमा एमालेकाे असहमति रहेको ढकालले बताउनु भयो ।


