कर्मचारीनै संक्रमित हुन थालेपछि सरकारी कार्यालयका सेवाहरु बन्द

चितवन, ८ माघ । कर्मचारीनै कोरोना संक्रमित हुन थालेपछि चितवनका सरकारी कार्यालयहरुको सेवा बन्द हुन थालेका छन् ।
कार्यालय आएर सेवाग्राहीलाई सेवा दिन नसक्ने भएपछि केही कार्यालय नै बन्द भएका छन् भने केहीले अत्यावश्यक काम बाहेक अन्य बन्द गर्न बाध्य भएको जिल्ला प्रशासन कार्यालय चितवनले जानकारी दिएको छ । कार्यालय नै बन्द हुनेमा भरतपुर महानगरपालिकाको ग्रामिण क्षेत्रका स्वास्थ्य सेवा केन्द्र छन् । स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपक तिवारीले भरतपुरको तोरीखेत र आधारभुत सेवा कार्यालय बन्द गर्न बाध्य भएको जानकारी दिनुभयो । कार्यालयमा भएका सबै कर्मचारी कोरोना संक्रमित भएपछि बन्द भएको हो । त्यसपछि जिल्लाका अन्य स्वास्थ्य सस्थापनि पूर्ण रुपमा सबै सञ्चालनमा आउन नसकेको उहाले जानकारी दिनुभयो ।
कार्यालयका सबै कर्मचारी आएर सस्था सञ्चालनमा ल्याउन सकेका छैनौ तिवारीले भन्नुभयो ग्रामिण क्षेत्रमा रहेका र सहरी स्वास्थ्य सस्थाहरुमा पनि अत्यावश्यक सेवा, थोरै कर्मचारी आएर सञ्चालनमा रहेको जानकारी दिनुभयो । उहाका अनुसार भरतपुरको दुइवटा मेडिकल कलेजमा पनि स्वास्थ्यकर्मी संक्रमित भएपछि सेवा कटौती भएको जानकारी दिनुभयो । चितवन मेडिकल कलेज, भरतपुर मेडिकल कलेजमा पनि चिकित्सक, स्टाफनर्स लगायतलाई संक्रमण भएपछि अत्यावश्यक बाहेकका सेवाहरु प्रभावित भएको जानकारी दिनुभयो ।
भरतपुर अस्पतालका सुचना अधिकारी गोपाल पौडेलका अनुसार ७५ जना स्वास्थ्यकर्मी कोरोना संक्रमित भएको जानकारी दिनुभयो । स्टाफनर्स र शल्यक्रिया गर्ने चिकित्सक संक्रमित भएपछि सेवा दिन कठिन भएको बताउनुभयो । अस्पतालले सिमित कर्मचारीबाट सेवा दिएपनि ठप्प भने नगरेको पौडेलले बताउनुभयो । यस्तैगरी संक्रमण वृद्धि भएमा सेवाहरु कटौती गर्नुपर्ने अवस्था आउन सक्ने उहाँको भनाइ रहेको छ ।
पौडेलका अनुसार विषेश गरी ल्याब, हेमो डाइलासिस र प्रसुतीमा खटिएका चिकित्सक र नर्सहरु संक्रमित भएका छन् । त्यसकारण २४ घण्टा सेवा दिन समस्या हुनसक्ने बताउनुभयो ।

सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवि शर्माका अनुसार जिल्ला प्रशासन कार्यालयमा कार्यरत कर्मचारीहरु संक्रमति भएपछि राष्ट्रिय परिचय पत्र शाखा, नागरिकता शाखा, पासपोर्टलगायतको काम बन्द भएको जानकारी दिनुभयो । कार्यालयले अत्यावश्यक काम बाहेक अन्य सेवा दिन नसक्ने भनी सूचना समेत जारी गरेको शर्माले जानकारी दिनुभयो ।
सहायक प्रमुख जिल्ला अधिकारी शर्माका अनुसार कर्मचारी संक्रमित भएपछि सवैभन्दा धेरे भिड हुने राष्ट्रिय वाणिज्य बैंक भरतपुर शाखा, कालिका नगरपालिका आइतबारबाट बन्द गर्ने भनी अनुमती माग्न आएको जानकारी दिनुभयो । जिल्ला अन्य सरकारी कार्यालयहरुमा पनि कर्मचारी संक्रमण हुने क्रम बृद्धि भएकाले केही दिनमा नै थप निर्णय लिन सकिने जानकारी दिनुभयो ।
प्रशासन कार्यालयले यस अगाडिनै जिल्लामा २५ जना भन्दा धेरै जम्मा हुने कुनैपनि काम नगर्ने निर्देशन दिएको छ । हाटबजार, सिनेमा हल, जिम हल, पार्टी प्यालेस, विवाह व्रतवन्धमा धेरै भेला नहुन सूचना जारी गरेको छ ।

 

 

शेयर गरौ

ताजा अपडेट