प्रधानमन्त्री देउवाले आज ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने

काठमाडौं ७ माघ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज राष्ट्रका  नाममा सम्बोधन गर्ने तयारी रहेको छ । उहाले अपरान्ह ३ बजे राष्ट्रका नाममा सम्वोधन गर्न लाग्नु भएको हो ।

सरकार गठन भएको ६ महिना पुगेको सन्दर्भमा प्रधानमन्त्री देउवाले सम्बोधन गर्न लागेको हो । सम्बोधनको क्रममा सरकारका उपलब्धिबारे प्रधानमन्त्रीले जानकारी दिने उहाको सचिवालयले जनाएको छ । कांग्रेस सभापति देउवा पछिल्लोपटक गत असार २९ गते प्रधानमन्त्री बन्नु भएको थियो ।

शेयर गरौ

ताजा अपडेट