मोर्चाबन्दी विरुद्धपनि एमालेले जीत हासिल गर्छ : उपाध्यक्ष पाण्डे

चितवन २३ पुस । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले एमालेलाइ घेराबन्दी गरेर एक्लाउने प्रयास भएको बताउनु भएको छ ।
नेकपा एमाले चितवनको दसौ जिल्ला अधिवेशनको उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै सबै चुनौतिलाइ चिर्दै एमालेले सफलता प्राप्त गर्ने बताउनु भयो । ” एमाले विरुद्ध भएको मोर्चाबन्दीलाई चिरेर पार्टीलाई पहिलो बनाउने दायित्व अब आउने नेतृत्वको काधमा आएको छ ” उहाले भन्नू भयो ।
उहाले पार्टी सन्चालन गर्न जोश र होस दुबै आवश्यक भएको औल्याउनु भयो । होस नपुर्‍याइ जोशमा काम गरे सफलता पाउन सकिँदैन । त्यसैले अब एमालेले होस पुर्वक जोशका साथ आउदो निर्वाचनमा बहुमत ल्याउनु पर्छ । पार्टीमा विगतका दिनदेखिनै उतारचढाव आएका छन त्यसैले नआत्तिकन निर्वाचनमा जान्छौ र जीत हासिल गर्दछौ ।

शेयर गरौ

ताजा अपडेट