मुक्तिनाथ बिकास बैंक पार्वतीपुरद्वारा बिद्यार्थीलाई स्विटर बितरण

राजु अधिकारी / चितवन ।
मुक्तिनाथ विकास बैंक लि.ले १५ औं वर्ष पार गरी १६औं वर्षमा प्रवेश गरेको अवसरमा विभिन्न कार्यक्रम गरेको छ । यसै अवसरमा शाखा कार्यालय पार्बतीपुर बाट सामाजीक उत्तरदायित्व कार्यक्रम अन्तरगत श्री अन्न पुर्ण माध्यामिक विद्यालय पार्बतीपुरमा प्राथमिक तहमा अध्यनरत ४० जना विद्यार्थी हरुको लागी जाडोमा लगाउने न्यानो कपडा स्विटर वितरण गरीएकाे शाखा प्रमुख सन्तोष तिवारीले जानकारी दिनुभयो ।
उक्त कार्यक्रम विद्यायलय ब्यवस्थापन समतिको अध्यक्ष, विद्यालयका प्रध्यानाध्यापक, अन्नपुर्ण बहुमुखी क्यामपस प्रमुख, पार्बतीपुर बजार ब्यवास्थापन समतिका अध्यक्ष, इलाका प्रहरी कार्यालय पार्बतीपुरका प्रमुख, भरतपुर महानगरपालीका वडा न २१ का वडा प्रतीनिधि, मुक्तिनाथ विकास बैक को उपक्षेत्रीय कार्यालयका अनुगमन अधिकृत ,नारायणगढ शाखाका शाखा प्रमुख, खोलेसीमल शाखाका शाखा प्रमुख, टाडी शाखाका शाखा प्रमुख तथा विद्यालयका शिक्षक तथा विद्यार्थीहरुको उपस्थिमा विद्यालयको प्राङगढमा कार्यक्रम सम्पन्न गरीयो । उक्त कार्यक्रममा सहभागी अतिथीहरुले मुक्तिनाथ विकास बैक लि को बार्षीक उत्सवको अबसरमा शुभकामना दिदै बैकबाट संचालन भएको सामाजीक उत्तरदायित्व कार्यक्रमको मुक्तकन्ठले प्रशंशा गनु भयो ।

शेयर गरौ

ताजा अपडेट