सभापतिमा हारेपनि एजेण्डालाई जिताउन सफल भए : शेखर कोइराला

चितवन १० पुस । नेपाली काँग्रेसका नेता शेखर कोइरालाले पार्टीको सभापति पदमा पराजीत भएपनि आफूले उठाएको मुल एजेण्डाको जीत भएको बताउनु भयो ।
चितवनको देवघाटमा शनिबार कोइराला सेवा समाज नेपालको २६ औं साधारण सभालाई उद्घाटन गर्दै उहाले पार्टीको सभापति पदमा हारेपनि पुस्तान्तरण र रुपान्तरणको एजेण्डा स्थापित भएको बताउनु भयो । उहाले भन्नुभयो ‘मैले उठाएको एजेण्डा जनताको हो, त्यो काँग्रेस पार्टीको पनि हो ।’
आफ्ना अग्रजहरुले भन्नु भएको भनाइलाई सम्झेको भन्दै उहाले परिवार एक भएमा जुनसुकै जटिलतालई समाधान गर्न सकिन्छ एक नभए हारिन्छ भन्ने सन्देश निर्वाचनबाट सिकेको बताउनु भयो । आफ्नै परिवारबाट साथ र सहयोग नपाउदा आफूले जित्न सकिन कोइरालाले भन्नु ‘यो अवस्था मेरोमा मात्र लागु हुदैन हाम्रो समाजमा लागु हुन्छ ।’
देश निर्माणमा र राष्ट्रको हितमा हामी नेपाली एक हुन सकेनौ भने मुलुक संकटमा पर्दछ । त्यसैले हामीले नेपालको सर्वोपरि हितको विषय सधै चनाखो हु्नु पर्नेमा जोड दिनु भयो । उहाले भन्नु भयो ‘समाज, राष्ट्रको हित र आवश्यकतालाई वुझ्न सकिएन भने राजनीति गर्नुको अर्थ छैन, आफ्नो मात्र स्वार्थ बोक्नेहरु एक दिन सकिन्छ ।’ नेपालका सवै पार्टीले राष्ट्रको हितका पक्षका मात्र मुल एजेण्डा बनाउनु पर्नेमा जोड दिनु भयो । नेपालको आवश्यकता केहो भन्ने कुरा नबुझी विदेशीको चाहनामा हुने कुनैपनि एजेण्डालाई राजनीति दलले बोक्न नहुने बताउनु भयो ।
कार्यक्रममा पूर्व सांसद रविन कोइरालाले समाज रुपान्तरणका विषयमा सवैको एकता र सद्भावना आवश्यक रहेको बताउनु भयो । राजनीतिक दलका आ आफ्ना एजेण्डा हुन सक्छन् तर समाजले कुन एजेण्डा नेपालको लागि आवश्यक छ त्यो वुझ्नु पर्नेमा जोड दिनु भयो । नेपाल सरकारका पूर्व मुख्य सचिव विमल कोइरालालगायतले मन्तव्य राख्नु भएको थियो ।

शेयर गरौ

ताजा अपडेट