ट्रकले ठक्कर दिदा बालिकाको मृत्यु

चितवन, २ पुस । भरतपुरको वसन्तचोकमा ट्रकले ठक्कर दिदा बालिकाको मृत्यु भएको छ ।
पूर्व पश्चिम राजमार्ग आन्तर्गत भरतपुर १२ वसन्तचोकमा ०३–००१ ख १३०६ नम्बरको ट्रकले ठक्कर दिदा सोही ठाउ निवासी ३ वर्षीय दीपिका जोशीको मृत्यु भएको हो । रोकिराखेको ट्रक अगाडि वढाउन खोज्दा बालिकालाई ठक्कर दिएको चितवनका ट्राफिक प्रमुख भगवानराज थापाले जानकारी दिनु भयो ।
शुक्रबार दिउसो २ बजे भएको दुर्घटनापछि स्थानीयले ट्रकमा आगजनी गरेका थिए । आगजनीबाट ट्रकमा क्षती भएको प्रहरीले जनाएको छ । मृतककी आमा २४ वर्षीया सम्झना जोशी संगै बाटो काट्ने क्रममा ट्रकले ठक्कर दिएको स्थानीयले बताएका छन् । प्रहरीले भने रोकिराखेको ट्रक अगाडि वढ्दा ठोक्किएर घटना स्थलमानै मृत्यु भएको जानकारी दिएको छ ।
घटनापछि चालकलाई कार्वाहीको माग राख्दै स्थानीयले सडक अवरुद्ध गरेका थिए । अवरुद्ध राजमार्ग प्रहरीले खुलाएको छ ।

शेयर गरौ

ताजा अपडेट