चितवनमा फेरि वयस्क गैंडा मृत फेला : खाग सुरक्षित

चितवन समाचार डटकम
चितवन, २७ मङ्सिर । चितवनमा फेरि एउटा वयस्क गैंडा मृत फेला परेको छ ।
पश्चिम चितवनको विजयनगरमा करेन्ट लागेर मृत्यु भएको अनुमान गरिएको भाले गैडा मृत अवस्थामा फेला परेको हो । आज विहान ८ बजे मृत अवस्थामा देखिएको गैंडाको पोष्ट मार्टम कार्य भैराखेको डिभिजन वन कार्यालय भरतपुरका सहायक वन अधिकृत बालकृष्ण खनालले जानकारी दिनु भयो ।
करेण्ट लागेर मृत्यु भएको प्रारम्भिक अनुमान गरिएको छ उहाले भन्नु भयो । चिकित्सकको टोलीले पोष्टमार्टमको कार्य गरिराखेकाले केही समयपछि मात्र मृत्युको कारण पत्ता लाग्ने जानकारी दिनु भयो । करिब ५ वर्षको देखिने वयस्क गैंडाको खाग, घुर सुरक्षित रहेको उहाले जानकारी दिनु भयो । शिकारीले वा खाग लैजाने प्रयोजनले नमरेको उहाले बताउनु भयो ।
भरतपुर महानगरपालिका वडा नं. १६ गणेश मन्दिर फेला परेको गैंडाको फोष्ट मार्टमका लागि चिकित्सक सहितको टोलीले काम गरिराखेको छ ।

शेयर गरौ

ताजा अपडेट