चितवन, १८ मङ्सिर । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले एमालेको महाधिवेशन मण्डलेहरुको भेला भएको आरोप लगाउनु भएको छ ।
शनिबार चितवनको भरतपुरमा भएको प्रेस सेन्टरको चौथो अधिवेशनको उद्घाटन गर्दै उहाले प्रतिगमनको पक्षमा भेला हुने महाधिवेशन लोकतन्त्रको रक्षा गर्न नसक्ने बताउनु भयो । एमालेको भेला पुरै असफल भयो त्यहाँ लोकतन्त्र छैन, मण्डलेहरु छन् जसमा गणतन्त्रको वहस हुदैन ।
मण्डले शैलीको संज्ञा दिदै अध्यक्ष प्रचण्डले भन्नु भयो ‘एमालेमा लोकतन्त्र छैन मण्डले शैली छ, एउटाले बोलेपछि अर्कोले वोल्न पाउदैन । ’ पञ्चहरुको भेला हो त्यो एमालेको महाधिवेशन पुरै असफल भयो त्यहाँ फरक बिचारको बहस हुदैन र टिक्द दिदैन त्यसैले त्यो असफल भएको हो । एमालेमा बैचारिक बहस हुन छाड्यो अव पतन भएर जान्छ प्रचण्डले भन्नु भयो ।
कार्यक्रममा उहाले केपी ओलीको साथ छाडेपछि आफू अझ शक्तिशाली भएको दावी गर्नु भयो । साथ छाडेर हिडेपछि जनता आफ्नो पक्षमा आएकाले बलियो भएको छु । ‘हिजो भन्दा म शक्तिशाली भएको छु, जनता हामीसग छन् । प्रतिगमनको पक्षमा जनता छैनन । ओलीलाई हामीले घुडा टेकाउन सफल भयौ । हाम्रो गठबन्धन बलियो भएको छ । गठबन्धन टुटदैन कदापी टुट्दैन यसमा ढुक्क भए हुन्छ ’उहाले भन्नु भयो ।
अध्यक्ष प्रचण्डले भन्नु भयो ‘नेकपा हुदा केपी ओली भन्दा बाहेक कोही छैन भन्ने भएको थियो, तर अहिले त्यो अवस्था छैन तपाइहरु सवैले देख्नु भएको छ अेली जी एक्लो हुनु भएको छ ।’ उहाले दुइपटकसम्म संविधान मिच्ने काम गर्नु भयो हामीले जोगाएर ल्यायौ त्यसैले जनता अव हामीसंग छन् ओली जी संग जनता छैनन् । त्यसैले अव ओली जी होइन म शक्तिशाली हो ।
कार्यक्रममा उहाले सवै राजनीतिक पार्टी जनताको बलले ल्याएको व्यवस्था नै उल्टयाउने काम भएको भन्दै त्यसको अगुवाइ केपी ओलीले गर्नु भएको आरोप लगाउनु भयो । संविधान उल्टयाउने काम भएको थियो हामीले रोक्न सफल भयौ तर त्यो षडयन्त्र अझै टरिसकेको छैन । प्रतिगमनको खतरा टरेको छैन, धेरै चलखेल गरिराखेका छ्न । मौका पाउना साथ फेरी संविधानलाई ध्वस्त पार्न सक्नेछन् त्यो विषयमा सबै चनाखो हुनु पर्दछ उहाले भन्नु भयो ।
अध्यक्ष प्रचण्डले भन्नु भयो विगतका सरकारले प्रेस विरोधी जेजस्ता ऐन बनाएका छन् ति सब खारेज हुने बताउनु भयो । प्रेस जती जिम्मेवार हुन्छ लोकतन्त्र त्यती बलियो हुने भन्दै समाजवाद तर्फ जानको लािग पनि प्रेस जगतको भूमिका ठुलो रहेको बताउनु भयो ।
उहाले लोकतन्त्र स्थापित गर्ने विषयमा सन्चारकर्मीको भूमिका महत्वपूर्ण राजनीतिक दलले विर्संन नसक्ने बताउनु भयो । गणतन्त्र ल्याउनको लागि जनतालाइ सहि सुचना दिन धेरै ठूलो काम गर्नु भएको छ । क्रान्ती गर्न र प्रतिक्रान्ती रोक्न देशलाई सहि बाटोमा ल्याउन पत्रकारको भूमिकालाई भुल्न हुदैन । क्रान्तीलाई अझ सशक्त पार्न र देशलाइ विकास समृद्धि ल्याउनकोलागि सन्चारको भूमिका अझ महत्व छ ।


