सौराहा(चितवन),मङ्सिर १४ गते । नेकपा एमालेको सौराहामा जारी महाधिवेशनमा आज भएको मतदानको मतगणना दिउँसो १ बजेबाट हुने भएको छ ।
बिहान ४ बजेबाट मतदान भएकोमा ११:१५ बजे सकिएको थियो । अहिले मुचुल्का उठाउने अन्य व्यबस्थापनको कार्य र खाना खाने समय भएकाले १ बजेबाट मात्र गणनाको काम हुने निर्वाचन आयोगका सदस्य बाबुराम दाहालले जानकारी दिनु भयो ।
कुल २ हजार १ सय ५३ जना प्रतिनिधि मतदाता रहेकोमा २ हजार ९६ जनाले मतहालेको निर्वाचन आयोगका संयोजक विजय सुब्बाले जानकारी दिनु भयो । लालबाबु पण्डितसहित ५७ जनाले मत हालेनन । मत नहाल्ने प्रतिनिधिको बारेमा पार्टीले रेकर्ड राख्ने एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिनु भयो ।


