नयाँ नेतृत्वका लागि ९ बजेबाट मतदान, मत दिन ७२ वटा मेसिनको प्रयोग हुने

 

सौराहा, १३ मङ्सिर । चितवनको सौराहामा जारी एमालेको दशौँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्वका लागि सोमबार राति ९ बजेदेखि मतदान हुने भएको छ ।
एमाले केन्द्रीय निर्वाचन आयोगका अनुसार मतदान राति ९ बजेदेखि १४ गते बिहान १ बजेसम्म मतदान गरिने भएको हो । त्यस्तै मतदान सम्पन्न भए पश्चात १४ गते नै मतगणना गरिने, सोही दिन निर्वाचन परिणाम घोषणा, प्रमाणपत्र वितरण र शपथ ग्रहणको कार्यक्रम गर्ने निर्वाचन आयोगलेको प्रकाशित गरेको सूचनामा उल्लोख छ । एमालेमा केपी ओलीविरुद्ध अध्यक्षमा भीम रावलको उमेदवारी परेको छ । त्यस्तै अध्यक्ष ओलीले चयन गरेको नामावली विरुद्ध घनश्याम भुसालले उपाध्यक्षमा उम्मेदवारी दिनु भएको छ । ६ उपाध्यक्षका लागि ७ जनाको दर्ता परेको छ । अध्यक्षमा २, उपाध्यक्षमा ७ र सचिवमा ९ जनाको उम्मेदवारी परेको छ ।
मतदानमा ७२ वटा सिद्युतीय मेसिन प्रयोग हुने
एमाले महाधिवेशनको मतदानमा ७२ वटा विद्युतीय मेसिन प्रयोग हुने भएको छ । एमाले महाधिवेशनमा २२ सय ८७ प्रतिनिधि सहभागी छन् । मतदान सम्पन्न भएको ३ घण्टामा मतपरिणाम आउने निर्वाचन आयोगले जानकारी दिएको छ ।
मतदान पक्रिया सकिएलगत्तै मतपरिणाम सार्वजनिक गर्ने एमाले निर्वाचन आयोगका प्रमुख विजय सुब्बाले जानकारी दिनु भयो । यसअघि एमाले महाधिवेशन अन्तर्गत शनिबारको बन्दसत्रमा केपी ओलीको प्रस्तावमा ३०१ केन्द्रीय कमिटीसहितको नामावली सार्वजनिक भएको थियो । जसमा १९ जना पदाधिकारीको सूचीसमेत सार्वजनिक गरिएको छ । सर्वसम्वतको लागि प्रस्ताव गरिएको सूचि विरुद्ध उमेद्वारी परेपछि निर्वाचन हुन लागेको छ ।

शेयर गरौ

ताजा अपडेट