एमालेका पाँचजना पदाधिकारी निर्विरोध चयन

सुदेश खनाल

सौराहा, १३ मङ्सिर । नेकपा एमालेको सौराहामा जारी दशौ महाधिवेशनमा पाँचजना पदाधिकारी निर्विरोध चयन हुनु भएको छ ।
मनोनयम दर्ताको समयमा समयमा वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिवमा आवश्यकता भन्दा धेरैको उम्मेदारी दर्ता नपरेपछि पाँच जना पदाधिकारी निर्विरोध हुनु भएको हो ।
निर्विरोध निर्वाचित हुनेहरूमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल र उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमाल हुनुहुन्छ ।
अध्यक्ष केपी ओलीले सोमबार बिहान प्रस्ताव गरेको पदाधिकारीको सूचीमा अन्यको उम्मेदवारी दर्ता भए पनि वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिवमा अन्यको दाबी नपरेपछि स्वतः निर्विरोध हुनु भएको हो । निर्वाचन आयोगले औपचारिक घोषणा भने गरिसकेको छैन ।
अध्यक्ष, उपाध्यक्ष, सचिव र केन्द्रीय सदस्यहरुमा भने अन्यको उमेद्वारी दिएपछि निर्वाचन हुन लागेको हो । ६ उपाध्यक्षको लागि धनश्याम भुसालले उमेद्वारी दिएपछि निर्वाचनको प्रकृया अगाडि वढेको छ । त्यस्तै गरी ७ सचिवमा ९ जनाको उमेद्वारी परेको छ ।

शेयर गरौ

ताजा अपडेट