चितवन, १० मङ्सिर । नेकपा एमालेको केन्द्रप्य कमिटी बैठक आज साँझ ८ बजे सौराहामा बस्दैछ ।
एमालेका केन्द्रीय सदस्य विष्णु रिजालका अनुसार महाधिवेशन पूर्वको अन्तिम बैठक भएकाले सवैलाई धन्यावाद दिने हुन सक्ने बताउनु भयो । वैठकका एजेण्डाका विषयमा अहिले केही नभनेपनि स्थायी कमिटीले केही निर्णया गरेको छ त्यही अनुमोदन गर्ने, महाधिवेशन सम्पन्न गर्न सहयोग गर्नेलाई धन्यवाद दिने लगायतको विषय हुने जानकारी दिनु भयो ।
महाधिवेशनका उमेद्वारहरुको व्यवस्थापन र सहमतीको प्रयासका विषयमा पनि जानकारी दिन सक्ने उहाले बताउनु भयो । सौराहाको जंगल क्राउन होटलमा वस्ने बैठकमा पार्टी अध्यक्ष केपी ओलीले सम्वोधन गर्ने र धेरै विषय त्यहीबाट जानकारी हुने उहाले बताउनु भयो ।


