चितवन, ५ असोज । बागमती प्रदेश मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले प्रदेश सरकार अल्पमतमा परेपनि सरकारमा रहदासम्म हरेक मिनेट खेर नफाली काम गर्ने वताउनुभएको छ । जिल्ला समन्वय समिति चितवनको पाँचौ जिल्ला सभालाई मंगलबार भरतपुरमा सम्बोधन गर्दै मुख्यमन्त्री शाक्यले आफू अल्पमतमा परे पनि दिनगन्ती गनेर नबस्ने तर हरेक समय महत्वपूर्ण भएकाले काम गर्दैमा समय वितेको बताउनु भयो ।
उहाले भन्नु भयो ‘प्रदेश सरकार निश्चितरूपमा अल्पमतमा छ, हामीलाई भन्नै पर्दैन। तर, हामी दिनगन्ती गरेर बस्दैनौँ, बसेका छैनौँ’, उहाले भन्नु भयो, ‘प्रत्येक दिन, प्रत्येक घण्टा के गर्न सकिन्छ भनेर लागि रहेका छौँ। समाजवादको लक्ष्य प्राप्त गर्न के गर्न सकिन्छ भनेर योजना निर्माण गरेका छौ ।’सरकारका मुख्यमन्त्री र मन्त्रीको आचरण कस्तो हुने भनेर आफ्नो सरकारले आचारसंहिता समेत बनाएर लागु गरेको बताउनु भयो । सरकारले अलिकति पनि समय खेर फाल्दैन जति समय बाँकी छ, त्यति समय काम गरेर देखाउने छ मुख्यमन्त्री शाक्यले भन्नु भयो । ‘हामीले पहिला आफ्ना आचरण कस्तो हुने भनेर आफ्नो लागि भनेर आचारसंहिता बनाएका छौँ । बनाएका मात्रै छैनौँ, लागू पनि गरेका छौँ’, उहाले भन्नु भयो, ‘जे जति समय पाउँछौँ, त्यो समय सवै सदुपयोग गरेर जनताको लागि काम गर्नेछौ ।’
कार्यक्रममा उहाले कोरोना तथा जुनसुकै महामारीको लागि प्रदेश सरकारले अलगै स्वास्थ्य मन्त्रालयको खाचो रहेको महसुस गरेर काम थालेको जानकारी दिनु भयो । स्वास्थ्यसंग काम गर्नको लागि एउटै मन्त्रालयमा स्वास्थ्यलाई गाभेर काम गर्दा समस्या आउदो रहेछ भन्ने हामीले महसुस ग¥यौ कामलाई प्रभावकारी बनाउन अलगै स्वास्थ्य मन्त्रालय खाचो पर्ने रहेछ । जनताको जीवनमा जोडिएको कामहरु प्रभावकारी रुपमा गर्नेछौ मुख्यमन्त्री शाक्यले भन्नु भयो ।
उहाले चितवन मकवानपुर धादिङ जोडेर वृहत सहरको निर्माण खाचो रहेको बताउनु भयो । चितव जिल्लाले केही वर्ष अगाडि पनि यस्तै दृष्टिकोण ल्याएकाले त्यसको लागि प्रदेश सरकारको ध्यान गएको बताउनु भयो ।


