भरतपुर जागृतिचाेकमा युवा संघद्वारा दीप प्रज्वलन

चितवन समाचारडटकम, ३ अशाेज । संबिधान दिवसका अवसरमा राष्ट्रिय युवा संघ नेपाल भरतपुर-११ र १२ कमिटीकाे आयाेजनामा भरतपुरकाे जागृतिचाेकमा आईतवार सांझ दीप प्रज्वलन गरिएको छ । नेपालकाे नक्साकाे आकृति बनाएर मैनवत्ति बालेर स्थानीयले खुसीयाली मनाएका हुन् । कार्यक्रममा नेकपा एमाले अर्थ याेजना बिभागका सदस्य डा. तीलचन्द्र भट्टराईले नयाँ संविधानले संघीय लाेकतान्त्रिक गणतन्त्रलाई संस्थागत गरेकाे चर्चा गर्दै यसकाे उपलब्धिकाे रक्षाका लागि सदैब सचेत बन्नुपर्ने धारणा राख्नुभयाे । संविधानका उपलब्धिकाे रक्षा र यसकाे कार्यान्वयनमा एमाले सदैब दृढ रहेको डा.भट्टराईले स्पष्ट पार्नुभयाे । कार्यक्रममा भरतपुर -११ का वडा अध्यक्ष बावुराम अधिकारी ,युवा संघका केन्द्रीय सचिवालय सदस्य अस्मिन घिमिरे, जिल्ला सुशील केसी , सह संयाेजक शंकर अधिकारी , अनेरास्ववियुका केन्द्रीय सचिवालय सदस्य प्रकाश भट्ट ,समाजसेवी सुदिपसिंह अधिकारी, संघका जिल्ला कमिटी सदस्य शंभु भण्डारी, १२ नम्वर वडा सदस्य बिमला भट्टराई , जिफन्टका नेता दिपक सिलवाल लगायत उपस्थित हुनुहुन्थ्याे । कार्यक्रमकाे संयाेजन संघका १२ नम्वर कमिटी संयाेजक सागर बम्जन र ११का संयाेजक सागर कुमालले गर्नुभएको थियाे ।

शेयर गरौ

ताजा अपडेट