संगीता बानिया थापा
चितवन भाद्र २६ ।
राष्ट्रिय युवा संघ भरतपुर महानगरपालिका- १२ नंबर वडा कमिटीकाे आयोजनामा शनिबार खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा ३८ जनाले रक्तदान गरेका छन् । कमिटिका अध्यक्ष सागर बम्जनको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय युवा संघ केन्द्रीय सचिवालय सदस्य तथा राष्ट्रिय युवा परिषद चितवनका अध्यक्ष अस्विन घिमिरेले रक्तदातालाई व्लड व्याग हस्तान्तरण गरी कार्यक्रमको सुभारम्भ गर्नु भएको थियो । कार्यक्रममा नेकपा एमालेका युवा नेता महेश बस्नेतले सहभागीलाई प्रमाणपत्र बितरण गर्नुभयो । साे अवसरमा युवा परिषद अध्यक्ष अस्विन घिमिरेले यस किसिमका रचनात्मक कार्यक्रम युवा संघका मार्फत निरन्तरता दिईने बताउनुभयो । वडामा हरेक बर्ष नेता डेनी कान्छाको स्मृतिमा रक्तदान कार्यक्रम गरीने याेजना रहेको घिमिरेले जानकारी दिनुभयो ।
मनोज भुजेलले सन्चालन गर्नु भएको कार्यक्रममा अतिथिहरु राष्ट्रिय युवा संघ सचिवालय सदस्य तथा जिल्ला संयोजक शुसिल के.सी , सह संयाेजक शंकर अधिकारी ,साइवर सेना जिल्ला संयोजक सुरेश कार्की, वडा न १२ का वडा प्रतिनिधि बिमला भट्टराइ, एमाले नेता लेखराज पन्त हरि, अनेरास्ववियु सप्तगण्डकीका अध्यक्ष हरी अचार्य,साइबर सेना १२ का संयोजक पर्वत गीरी,राष्ट्रिय युवा संघ वडा इन्चार्ज रन्जित कुमार,राष्ट्रिय युवा संघ जिल्ला सदस्यहरु शम्भु भण्डारी र मनोज अर्याल, ,राष्ट्रिय युवा संघ नेपालको वडा सह संयोजक विमल गुरुङ,जिल्ला सदस्य चन्द्र लामा, कार्यक्रम संयोजक विनोद जिसी लगायत रहनु भएको थियो ।


