किन छाडे प्रभावशाली नेताले नेपालको साथ

 

काठमाडौं २ भदौ । एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाइ साथ दिदै आएका प्रभावशाली नेताले अन्तिम समयमा आएर साथ छाडेका छन ।

नवौं महाधिवेशनदेखि नेकपाकाल हुँदै आजसम्म नेपाललाई साथ दिएका स्थायी कमिटी सदस्यहरू पार्टी विभाजन गर्ने निर्णयमा भने असहमत भएका हुन ।

नेकपा एमाले समाजवादी दर्ता गर्ने प्रक्रिया अन्तिममा पुगेका बेला यसअघि वार्ता कार्यदलमा रहेकासहित नेपाल निकट स्थायी कमिटी सदस्यहरूले पार्टी विभाजनमा साथ नदिने भन्दै हस्ताक्षर गर्न अश्वीकार गरे ।

केपी ओलीसँग जति असहमति र संघर्ष गरे पनि पार्टी विभाजन गर्न हुँदैन भन्नेमा स्थायी कमिटीका नेताहरू लगभग एकमत देखिएका छन् । कतिपय नेता मोबाइल अफ गरेर बसेका थिए भने कतिपय एकताको लागि अन्तिम प्रयास गरिरहेका छन् ।

यद्यपि माधव नेपालले दल विभाजन निश्चित भएको भन्दै स्थायी कमिटीका अधिकांश नेताहरु आफ्नो पक्षमा आउने जानकारी अर्याल होटलका बैठकमा दिएका छन् । घनश्याम भुसालले त्यसको संयोजन गरिरहेको नेपाल निकट नेताहरुले बताएका छन् ।

हाललाई माधव नेपालले स्थायी कमिटीका सदस्यहरुमध्ये मुकुन्द न्यौपाने र बेदुराम भुसालको मात्र साथ पाएका छन् । रघुजी पन्त समेत विभाजनको पक्षमा खडा हुन नमानेपछि एमाले विभाजनपछि पनि एउटा समूह मध्यस्थकर्ताका भूमिकामा रहन खोजेको देखिएको छ ।

स्थायी कमिटी सदस्यहरूसँग संयोजन गर्ने जिम्मेवारी पाएका नेता सोमप्रसाद पाण्डेले सबैसँग सम्पर्क गरे पनि अधिकांशले हाललाई विभाजनमा साथ नहुने जवाफ दिएको उनले बताए ।
माधव नेपाल पक्षका, भीम रावल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, गोकर्ण विष्ट, योगेश भट्टराई, भीम आचार्य, सुरेन्द्र पाण्डे, रघुजी पन्त, अमृत बोहराले साथ छाडेका हुन ।

शेयर गरौ

ताजा अपडेट