नेता पोखरेलद्वारा कालिका अस्पतालालाई स्वास्थ्य सामग्री सहयोग

संगीता बानिया थापा

चितवन ३० जेठ । नेकपा एमाले नेता तथा बिघटित प्रतिनिधि सभा सदस्य कृष्णभक्त पोखरेलले कालिका नगरपालिकाको अस्पताललाई स्वास्थ्य सामग्री सहयोग गर्नु भएको छ ।
पोखरेलले अस्पताललाई पीपीइ, मास्क, थर्मल गन, अक्सिमिटरलगायत सामग्री सहयोग गर्नु भएको हो । सामग्री हस्तान्तरण गर्दै नेता पोखरेलले अस्पताललाइ आबश्यक पर्ने विषयमा आफुले सक्दो पहल गर्ने जानकारी दिनु भयो ।
सरकारी निकायबाटनै सामग्री आउने बताउदै उहाले ती बाहेकका समस्या परेमा जानकारी गराउन अनुरोध गर्नु भयो । अस्पतालमा आबश्यक सामग्री भए पनि थप सामग्रीले सेवामा अझ सहजता हुने कालिका नगरपालिकाका प्रमुख खुमनारायण श्रेष्ठले बताउनु भयो ।
अस्पतालमा अहिले कोभिडका बिरामीलाइ अक्सिजनको सुबिधासहित उपचार गराउराखेको छ । दुइवटा एचडियु को व्यबस्था रहेको छ । बिरामीलाइ नि :शुल्क उपचार गराइराखेकाले अहिले सेवाग्राही खुसी भएको पालिका प्रमुख श्रेष्ठले बताउनु भयो ।
स्वास्थ्य सामग्री सहयोग कार्य्रकममा वडा नम्बर ६ का अध्यक्ष बिनोद रेग्मी, वडा ३ का अध्यक्ष टीका रिजालको सहभागिता थियो ।

शेयर गरौ

ताजा अपडेट