सिन्धुपाल्चोक, २० बैशाख । सिन्धुपाल्चोकका एक कोरोना संक्रमितको मृत्यु भएको छ । चौतारा साँगाचोकगढी नगरपालिका कुभिन्डेका ३७ वर्षीय एक पुरुषको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।
शुरुमा उनलाई कोरोनाको लक्षण देखिएको थियो । लक्षण देखिएपछि उनी शुक्रवार चौतारा जिल्ला अस्पताल भर्ना भएका थिए । उनलाई झन समस्या भयो । लगत्तै जिल्ला अस्पतालबाट धुलिखेल अस्पताल रिफर गरियो । सोही दिन बेलुका कोभिड पोजेटिभ भएको रिपोर्ट प्राप्त भयो ।
यति बेलासम्म उनको अवस्था गम्भीर भइसकेको थियो । उनी अक्सिजनका लागि छटपटाई रहेका थिए । तर अस्पतालमा बेड खाली थिएन । न आईसियू थियो न त भेन्टिलेटर नै थियो । कोरोना बेडमै रहेका उनको बिहान मृत्यु भयो । चार वर्ष अघि मुटुको शल्यक्रिया गरेका उनको शनिबार बिहान पौने ८ बजे मृत्यु भएको हो । आइसीयु बेड नभएपछि उनको इमर्जेन्सी कक्षमा राखेर उपचार गरिएको थियो ।


