काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि आफ्नो निहित स्वार्थका लागि देशको राजनीति धमिल्याउन खोजेको आरोप लगाएका छन् । तर अहिले माओवादीसँग हतियार र लडाकु दुवै नभएकाले कोही पनि नडराउने उनको टिप्पणी छ ।
मंगलबार रिपोर्टस् क्लबको वार्षिकाेत्सव कार्यक्रममा एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले प्रचण्डको चर्को आलोचना गरे । केही मान्छेले आफ्नो निहित स्वार्थका लागि देशको राजनीति धमिल्याउन खोजेको भन्दै उनले भने, ‘के यो देश प्रचण्ड भन्ने मान्छेको स्वार्थका पछाडि सती जानुपर्ने हो ?’ एमाले र माओवादीबीच एकीकरण गर्दा आधा आधा कार्यकाल प्रधानमन्त्री हुने सहमति गरेको स्वीकार गरेका ओलीले प्रचण्डबाट असहयोग भएको बताए । पछि कार्यकारी अध्यक्ष हुने शर्तमा प्रचण्डले नै त्यो सहमति खारेज गरेको भन्दै उनले प्रश्न गरे, ‘आधा आधाको कागज बीचैमा च्यातेर कार्यकारी (अध्यक्ष) लेखाएको होइन ?


