ओलीको ठाडो आदेशमा नेतृ झाँक्रीलाई पक्राउ गरियो : अध्यक्ष प्रचण्ड

काठमाडौं, २९ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अयक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो आदेशमा आफ्नो पार्टीकी नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गरिएको बताएका छन् ।

पार्टी कार्यालय पेरिसडाँडामा आज आयोजित एक कार्यक्रममा प्रचण्डले रामकुमारीको पक्राउ लोकतन्त्रमाथिको हमला भएको बताए । ‘रामकुमारीले लोकतन्त्रप्रति प्रखर रुपमा बोल्नु भयो भनेर पक्राउ गरियो । यो लोकतन्त्र माथिको आक्रमण हो’, प्रचण्डले भने ।

आफूहरुले रामकुमारीलाई पक्राउ नगर्न आग्रह गर्दा पनि ठाडो आदेशमा पक्राउ गरिएको प्रचण्डले जानकारी दिएका छन् । झाँक्रीको पक्राउबारे पार्टीले निर्णय गर्ने उनले जानकारी दिएका छन् । राज्यविरुद्धको कसुर गरेको आरोपमा प्रहरीले झाँक्रीलाई उनको घरबाटै पक्राउ गरेको हो । झाँक्रीले गोरखा जनसभामा दिएको अभिव्यक्तिले राष्ट्रपतिलाई अपमानित गरेको आरोप लगाइएको छ ।

शेयर गरौ

ताजा अपडेट