चितवन २४ माघ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता कृष्णभक्त पोखरेलले प्रधानमन्त्री केपी ओलीले जनताले दिएको अभिमतको कदर नगरेर बेइमानी गरेको बताउनु भएको छ ।
भरतपुर महानगरपालिका वडा नम्बर २ का पार्टी कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उहाले प्रधानमन्त्री ओलीले संसद विघटन गरेर अस्थिर अबस्था ल्याएको बताउनु भयो । केपी ओली समूह बाहेक कसैले पनि यो कदमको पक्षमा नबोलेको बताउनु भयो । एक जना पनि सचेत नागरिक ओलीको कदम विरुद्धमा रहेका छ्न। लोकतन्त्र संघीयता विरुद्ध ओलीको कार्य छ । निर्वाचन गराउन ओलोले यो अबस्था ल्याएको होइन । केपी ओलीको कार्यले गर्दा कम्युनिस्ट प्रतिको विश्वासमा घात गराएका छ्न । एक जनाको हठास मानसिकताले गर्दा यो अस्थिर अबस्था आएको हो ।
विकासले एउटा गति लिन्छ कि भन्ने सोची राखेको बेला अबस्था अस्थिर आयो । यसको जिम्मा ओलीले लिनु पर्दछ, अहिलेकै अबस्था रहेमा उहा भन्दा ठुलो तानाशाह बैशाखपछि आउने छ्न । त्यही तानाशाहले संविधान नै खारेज गर्न सक्ने अबस्था आउन सक्छ । त्यसैले अबिलम्ब संसद पुनर्स्थापना गर्नुपर्दछ ।


