प्रअ र शिक्षक माथि भएको आक्रमणको एनएनटिए दुधाैलीद्वारा निन्दा

दुधाैली, १६ भदौ । सिन्धुली जिल्लाकाे सुनकाेशी गाउँपालिका वडा नम्बर ७ स्थित श्री गणेश माबि मझुवाका प्रधानाध्यापक र शिक्षक माथि साङ्घातिक अाक्रमण भएको भन्दै नेपाल राष्ट्रिय शिक्षक संगठन दुधाैली नगर समितिले घटनाकाे निन्दा एवम् भर्त्सना गरेकाे छ । समितिका सचिव झम्कप्रसाद खनालले एक प्रेस बिज्ञप्ति जारी गरि घटनामा संलग्न माथि कडा कारबाहीको माग समेत गर्नुभएको छ । भदौ १४ गते प्रधानाध्यापक नेत्रवहादुर सुनुवार र शिक्षक चित्रवहादुर भण्डारीलाई बिधालयमा प्रशासनिक काम गरिरहेका बेला केही उछृङ्खल बिधार्थी हरुले साङ्घातिक अाक्रमण गरि घाइते बनाएको बिज्ञप्तिमा जनाईएकाे छ । घटनाको छानबिन गरि दाेषिउपर कडा कारबाहीकाे माग गर्दै घाइते शिक्षकहरुकाे शिघ्र स्वास्थ्य लाभकाे कामना गर्दछौं – बिज्ञप्तिमा भनिएको छ ।

शेयर गरौ

ताजा अपडेट