उदाहरणीय बन्यो भरतपुरकाे पुष्पाञ्जली अस्पताल : काेराेना संक्रमितकाे उपचार चल्दै

चितवन, ३१ साउन । चितवनको भरतपुर स्थित चौबीसकोठीमा रहेको पुष्पाञ्जली अस्पतालले त्यहा उपचाररत एक बिरामीमा काेराेना संक्रमण भएपछि सघन उपचार कक्ष (आइसीयू)मा राखेर उपचार थालिएको अस्पतालले जनाएको छ । बिरामीको स्थिति गम्भीर तर स्थिर रहेको अस्पतालले जनाएको छ ।

अस्पताल प्रशासनले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै रत्ननगर नगरपालिका ९, टिकौली निवासी ६१ वर्षीय पुरुषको साउन २७ गते मंगलबारदेखि आइसीयूमा उपचार भइरहेको जानकारी दिएको छ ।

श्वासप्रश्वासमा गम्भीर समस्या भई अस्पतालको आइसीयूमा भर्ना गरिएका ती बिरामीको दुबै फोक्सोमा निमोनिया देखेपछि भाइरल निमोनियाको रुपमा उपचार गरिएको अस्पतालले जनाएको छ ।

शेयर गरौ

ताजा अपडेट