भरतपुर महानगरमा आज रातिदेखि निषेधाज्ञा

चितवन, ३० साउन ।  कोरोना भाइरस (कोभिड–१९) संक्रमण जोखिम बढ्दै गएपछि भरतपुर महानगरपालिकामा निषेधाज्ञा जारी गरिएको छ ।

शुक्रवार राति १२ बजेदेखि लागू हुने गरि निषेधाज्ञा जारी गर्ने निर्णय भएको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले चितवन समाचार डटकमलाई जानकारी दिनु भयो । एक साताका लागि निषेधाज्ञा जारी गर्ने निर्णय भएको उहाले बताउनु भयो ।

प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराई, जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख नान्तीराज गुरुङ, उद्योगी व्यवसायीहरुसंग भएको छलफलले एक साता निषेधाज्ञा जारी गर्ने निर्णय भएको हो ।

चितवनमा सबैभन्दा बढी भरतपुर महानगरपालिकामा कोरोना संक्रमित भेटिएका छन् ।

शेयर गरौ

ताजा अपडेट